होमपेज / समाज
सुर्खेत । आइतबार दिउँसो सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका छन्। आइतबार रातीदेखि भएको आन्दोनका सोबार बिहानदेखि पुनः मृतकका आफन्त र बसपार्क समितिबीच झगडा भइरहेकाे छ।
समाचार संकलनका लागि प्रहरीसँगै बसपार्क पुगेका लाइकाखबर डटकमका सञ्चालक पत्रकार बलबहादुर थापालाई सुर्खेत बसपार्क समितिका युवाहरुले कुटपिट गरेका छन्।
पीडितहरुले गरेको आन्दोलनको भिडियो खिच्दै गरेका पत्रकारहरुलाई बसपार्क समितिका केही व्यक्तिहरुले भिडियो किन खिचेको भन्दै धम्काएर हातपात गरेका थिए। हातमा क्यामेरा समातेको देखेर पत्रकार थापालाई समितिका एक जना रातो ज्याकेट र कालो पाइन्ट लगाएका व्यक्तिले कोको कोलाको बोत्तलले टाउँकोमा हानेका हुन् ।
घाइते पत्रकार थापाको टाउँकोमा चोट लागेको छ। अहिले उनको माया नसिङ्ग होममा उपचार भइरहेको छ।