होमपेज / समाज
सुर्खेत । सुर्खेत बसपार्कमा आइतबार दिउँसो बसको ठक्करबाट एक महिलाको मृत्यु भएकाे थियाे ।
मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपालिका ६ घर भई वीरेन्द्रनगर ११ बामेखोला बस्दै आएकी ६५ बर्षीया नदि रावत रहेको आफन्तले बताएका छन् । महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका छन् ।
आफन्तले विभिन्न माग राखेर आज सुर्खेत बसपार्क बन्द गर्दै सडक अवरुद्ध गरेका छन् । सडकका विभिन्न स्थानमा टायर बालेर नाराबाजी गरिरहेकाेले सडक अवरुद्ध भइ सुर्खेतबाट छुट्ने गाडीहरु ठप्प भएका छन् ।