होमपेज / समाज
सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएकाे छ । आइतबार दिउँसो अन्दाजी साढे दुई बजेतिर सुब्बाकुना तर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले एक महिलालाई ठक्कर दिएको हो ।
नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीयf महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । उनका अनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन ।
‘घटना लगत्तै भिड जम्मा भइसकेकाले कसरी घटना भयो भन्ने केही खुलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘बसलाई नियन्त्रणमा लिएका छौं, चालक फरार रहेकाले खाजीसँगै घटनाको अनुसन्धान गरिरहेका छाैं ।’