ट्रेण्डिङ

होमपेज / समाज

विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्प डेस्क राख्ने निर्णय

नेपालगाथा २०७९ माघ २९ गते आइतबार १४:३५:५९ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले बताए ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो । गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने, 'विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो । उहाँको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ । सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेसागत हकहित, सुरक्षा र प्रवर्द्धनमा  सहयोग पुग्ने विश्वास लिएका छौँ । निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ ।' 

परराष्ट्र मन्त्रालयमा पनि श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै 'डेडिकेटेड फोकल प्वाइन्ट' तोकेर काम गर्ने निर्णय पनि भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top