होमपेज / समाज
सुर्खेत । अत्याधुनिक प्रविधिसहित अन्नपूर्ण डेण्टल हव एण्ड रूट क्यानल सेन्टर सुर्खेतकाे वीरेन्द्रनगरमा संचालनमा आएको छ । शनिबार डेण्टलको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले नयाँ प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्नु प्रशंसनीय भएको बताए ।
कर्णाली प्रदेशमै पहिलो पटक दात तथा मुख सम्बन्धि सम्पुर्ण स्वास्थ्य समस्याको डेण्टल माईक्रोस्कोपिक उपचार पद्धतिबाट उपचार गरिने कार्यरत डाक्टर पुर्ण प्रसाद शर्मा पौडेलले बताए । डा. शर्माका अनुसार काठमाडाै उपत्यकाकाे वीर अस्पताल बाहेक उपत्यकाभन्दा बाहिर पहिलो पटक कर्णाली प्रदेशको वीरेन्द्रनगर - ३, एरिचोक, सुर्खेतमा अन्नपुर्ण डेण्टल हब एण्ड रुट क्यानल सेन्टरमा दन्त सुक्ष्मदर्शक यन्त्रको प्रयोग गरी दाँतको उपचार सेवा प्रदान गर्न थालिएको हो ।

डा. शर्माले आफुले आफ्नो व्यक्तिगत समयमा मात्र यहा सेवा दिने बताए । यस डेण्टर हबमा डा. शर्मा सहित डाक्टर सुरक्षा सिङ ठकुरी लगायत पाँच जना दक्ष चिकित्सकद्वारा सेवा प्रदान हुनेछ ।
उद्घाटन कार्यक्रममा सुर्खेत उद्याेग वाणिज्य संघका अधक्ष्य लक्ष्मण कंडेल, सुर्खेत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधवप्रसाद खनाल, प्रदेस अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरु लगायतको उपस्तिथि रहेकाे थियो ।

