ट्रेण्डिङ

होमपेज / समाज

चरेससहित चार जना थाई नागरिक पक्राउ

नेपालगाथा २०७९ माघ २८ गते शनिबार २०:४४:३४ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागूऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागूऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । 

पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । त्यसमध्ये तीन जना महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ । 

उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'अनअराइभल भिसा' लिएको अध्यागमन कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top