होमपेज / समाज
काठमाडौं । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरू गरेको छ ।
जीर्ण भइसकेको क्याम्पस भवन पुनर्निर्माणको काम धमाधम अघि बढाइएको हो। २ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको आयोजना उपनिर्देशक प्रभाकरलाल कर्णले बताए । ३४ करोड ६७ लाख लगानीमा दुई वर्षभित्र सक्ने गरी भवन पुनर्निर्माणको काम अघि बढाइएको हो।
आयोजनाले नै अब घण्टाघरको घडीलाई स्वचालित बनाउनका लागि पनि अध्ययन सुरु गरेको छ ।