होमपेज / समाज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपतिले यस्ताे बताएकी हुन। भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताएकी छन् । राष्ट्रपतिले जैविक र रासायनिक मलको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताइन् ।
मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् । राष्ट्रपतिले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।