होमपेज / समाज
सुर्खेत । राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ तथा स्वयंमसेवा नीति विषयमा युवाहरुसँग एक दिने परामर्श कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको छ । युथ एड्भाेकेसी नेपालका अध्यक्ष गणेश धामीले कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नुभएकाे थियाे।
कार्यक्रमका विशेष अतिथि समेत रहेका वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख टीकाराम शर्माले युवा नीति मात्र बनाउने तर युवाका दैनिकी र परिचालनमा ध्यान नदिने हो भने यसको कुनै अर्थ नरहने बताउनुभयाे । हाम्रो देशमा रहेका सक्षम तथा वुद्धिजिवी वर्ग विदेशी मुलुकमा गएर सामान्य काम गर्नुपर्ने अवस्था सिर्जना आइरहेकाे बताउँदै कार्यवाहक नगर प्रमुख शर्माले दक्ष जनशक्ति नेपालमा नै खपत हुने गरी युवाहरु दक्ष र सक्षम हुनुपर्नेमा जाेड दिनुभयाे । स्वयम् सेवा नीतिलाई कार्यन्वयनमा ल्याउनुपर्ने बताउँदै कार्यवाहक नगर प्रमुख शर्माले स्वयंमसेवा नीतिमा स्पष्ट हुनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्य सचिव रमाकान्त शर्माले युवा नीति र युथ भिजन तथा स्वयम् सेवा नीतिका बारेमा प्रष्ट पार्नुभएकाे थियाे।
कार्यक्रम बास नेपाल, भिएसओ, युकेएड, राष्ट्रिय कृषक समूह नेपाललगायतका संघ सस्थाहरुको सहकार्यमा सम्पन्न भएकाे थियो ।