होमपेज / समाज
कालिकोट । महावै गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रबहादुर थापामाथि हातपात भएको छ । फागुन १४ गतेदेखि सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बारे छलफल चलिरहेका बेला अध्यक्ष थापामाथि हातपात भएको नेकपा एमाले महावै गाउँ कमिटीका अध्यक्ष हरिबहादुर शाहीद्वारा हस्ताक्षरित प्रेस वक्तब्यमा जनाइएकाे छ ।
सोही वडा निवासी अन्दाजी ४० वर्षका प्रेम शाहीले बिना कुनै कारण वडा कार्यलयको पदिय जिम्मेवारी सहित कार्यसम्पादन गरिरहेका वडा अध्यक्ष थापामाथि भएकाे घटना प्रति नेकपा एमाले महावै गाउँ कमिटीले प्रेस वक्तब्य निकाल्दै घोर आपत्ति प्रकट गरेकाे छ ।
उक्त्त रनिङ सिल्ड प्रतियोगिता चन्दादेवी मा.वि कुनीमा गर्ने महावै गाउँपालिका सरकारको निर्णय विरुद्ध गरिएको सुनियाेजित योजना पनि हुन सक्ने भन्दै दोषिमाथि कडा कारबाहीका लागि सम्बन्धित निकाय समक्ष उक्त कमिटीले माग समेत गरेकाे छ ।