होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिटमा डोजर चलाएको छ ।
मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो । मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।
सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता थियो ।