ट्रेण्डिङ

होमपेज / समाज

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

नेपालगाथा २०७९ माघ २३ गते सोमबार १२:१९:२३ मा प्रकाशित

कैलाली । बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका ४ बजुवा बगर नजिक धनगढीबाट आइरहेको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको बाइकको पछाडि सवार दुर्गाथली  ३ रकैल घर भइ हाल केदारस्युँ ९ बस्दै आएकी २५ वर्षिया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top