ट्रेण्डिङ

होमपेज / समाज

कृतिम गर्भाधानको बजेटमा दुरुपयोग

नेपालगाथा २०७९ माघ २३ गते सोमबार ११:५४:०३ मा प्रकाशित

सुर्खेत । सुर्खेतकाे चौकुने गाउँपालिका पशु सेवा शाखामा विगत तीन बर्षदेखि कृतिम गर्भाधानका लागि पठाएको बजेट पूर्ण रुपमा खर्च भएको छ । घरपालुवा पशुहरुमा कृतिम गर्भाधानका लागि खर्च गर्ने गरी पठाइएको बजेट पूर्ण रुपमा खर्च देखाइएपनि कृतिम गर्भाधान भने शुन्य जस्तै भएको छ । जुन प्रयोजनका लागि पठाइको बजेट हो सोही प्रयोजनमा खर्च नगरेर अन्यत्र खर्च गरी बजेटको दुरुपयोग गरेकाे पाइएकाे छ।

बार्षिक २ लाख ८० हजारदेखि ३ लाखसम्म बजेट पालिकामा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट पठाउने गरिएको छ । उक्त बजेटबाट भैँसी, गाई, बाख्रामा कृतिम गर्भाधानमा उक्त बजेट खर्च गर्नुपर्ने प्रावधान रहेको छ तर उक्त कार्यमा बजेट प्रयोग नभएको स्रोतको दावि छ ।

चौकुने गाउँपालिकाबाट विगत दुई बर्षदेखि कृतिम गर्भाधानको कुनै काम नभएको बताएका छन् । बार्षिक कृतिम गर्भाधान भएको रेकड पशुपंक्षी विकास निर्देशनालय सुर्खेत र संघीय मन्त्रालयमा रेकर्ड पठाउनुपर्ने हुन्छ तर विगत दुई बर्षदेखि कुनै रेकर्ड नपठाइएको पाइएकाे छ ।  युगआव्हान

प्रतिक्रिया

सम्बन्धित खवर

Top