ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली करिडोरसँग जोडिँदै मुगुकाे खत्याड

नेपालगाथा २०७९ माघ २२ गते आइतबार १३:२८:४७ मा प्रकाशित

मुगु । कर्णाली करिडोर सडकसँग मुगुको खत्याड गाउँपालिका जोडिने भएको छ । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज पुल निर्माण कार्य सकिने अन्तिम चरण पुगेपछि खत्याड गाउँपालिका र कर्णाली करिडोर सडक सम्बन्ध जोडिने भएको हाे ।

खत्याड गाउँपालिका र प्रदेश सरकारको करिब ३ करोड ३५ लाख आर्थिक सहयोगमा हुम्ला कर्णाली नदीमा ६० मिटर लम्बाई बेलिब्रिज बन्न थालेपछि खत्याड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि खुसी देखिएका छन् ।

सुकाढिक झुगलामा बनेको बेलिब्रिजले कर्णाली करिडोर र खत्याड गाउँपालिकाको सडक सम्बन्ध विस्तार हुने र फागुन पहिलो सातामा उक्त बेलिब्रिज प्रयोगमा आएर सवारी साधन चल्ने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top