ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारीको स्थापना दिवसमा रक्त्तदान

प्रेस चौतारी नेपालकाे २५औं स्थापना दिवस

नेपालगाथा २०७९ माघ २२ गते आइतबार ११:३८:२२ मा प्रकाशित

सुर्खेत । 'समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म' भन्ने नारा सहित प्रेस चौतारी नेपालले देशै भर २५औ स्थापना दिवस भव्यताका साथ मनाएको छ । यही क्रममा प्रेस चौतारी नेपाल सुर्खेत शाखाले बिहान साढे सात बजे सुर्खेतको मंगलगडी चोकबाट प्रभात फेरी शुरु गरेर पिपलचौतारामा  पुगि कोण सभामा परिणत भई रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।

काेण सभालाई सम्वाेधन गर्दै प्रेस चौतारी नेपाल सुर्खेत शाखाका अध्यक्ष गोविन्द्र खत्रीले सहभागी सम्पूर्णलाई रक्त्तदान नै जीवनदान भएकाले रक्त्तदान जस्ताे पवित्र कार्यमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

काेण सभा पछि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह-इन्चार्ज त्रिभुवन बिसीले रक्तदान गरेर रक्तदान कार्यक्रम कार्यक्रमकाे शुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महास‌ंघ कर्णाली प्रदेशका सचिव दिपक बुढा, काेषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महास‌ंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल, प्रेस चाैतारी नेपाल सुर्खेत शाखाका अध्यक्ष गाविन्द खत्रीलगायतका पत्रकारहरुले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा पन्ध्र पिन्ट रगत जम्मा भएको प्रेस चाैतारी नेपाल सुर्खेत शाखाका अध्यक्ष गाविन्द खत्रीले जानकारी  दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top