होमपेज / समाज
काठमाडौं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ ।
निबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हाे। युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।
उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।