होमपेज / समाज
धनगढी । प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ ।
सांसद रामेश्वर चौधरीको नेतृत्वमा नाउपाले कैलालीमा राँके जुलुस निकालेको हो । अरुणकुमार चौधरीलाई कैद भुक्तान लागि शुक्रबार कारागार चलान गरिएपछि उनको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको हो । १३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो।