होमपेज / समाज
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला हतारोमा निर्णय गरेको बताएका छन्। उनले बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विषेषाधिकार पाउन नसक्ने र पाउन नहुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मरो धारणा स्पष्ट छ– बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।’ उनले अघि लेखेका छन्, ‘पुनः दोहोर्याउन चाहन्छु- बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ।’