होमपेज / समाज
काठमाडौं । अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
नेपाली केटी’ भन्ने एप्लिकेसन डाउनलोड गर्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएपछि जाहेरी परेकाे थियाे। जिल्ला प्रहरी परिसर ललितपुरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीले जानकारी दिएका छन् ।
‘लिंक खोलेपछि गिरोहले सम्बन्धित व्यक्तिको मोबाइलका सम्पूर्ण डाटामा पहुँच राख्न सक्ने रहेछ । यसरी मोबाइलमा रहेका बैंकका एप्लिकेसनबाट सहजै पैसा निकालेको देखियो’, एसएसपी सिद्धविक्रम शाहले भने ।