होमपेज / समाज
काठमाडौं । सांसद अरुण चौधरी जेल चलान भएका छन्। बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रबार अदालतमा पेश गरेर कैदी पुर्जी बुझाएपछि जेल चलान गरिएको हो ।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका उनले शुक्रबार अदालतबाट पूर्जी बुझेर जेल चलान भएको जिल्ला कारागार कैलालीका निमित्त श्रेष्तेदार राजेन्द्र जोशीले जानकारी दिए। प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो।