होमपेज / समाज
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन्। भूसाल माइतीघरहुँदै पार्टी कार्यालयतर्फ आउँदै गर्दा एभरेष्ट होटल अगाडि बेहोस भएका थिए। उनले चलाएको जीप अनियन्त्रित भएर एभरेष्ट होटल अगाडिको बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनालगत्तै भूसाललाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। जीप पूर्णरुपमा क्षति भएको छ।
उनको छातीमा चोट लागेको अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले जानकारी दिए। उनले भने, उहाँ भर्ना हुँदा अचेत अवस्थामा हुनुहुन्थ्यो । छातीमा चोट लागेको छ। इमर्जेन्सी वार्डमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य अवस्था अहिले सामान्य हुँदै गएको छ।