ट्रेण्डिङ

होमपेज / समाज

सांसद चौधरी कारागार चलान

नेपालगाथा २०७९ माघ २० गते शुक्रबार १२:४८:३९ मा प्रकाशित

काठमाडौं । बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्रबहादुर पालले  जानकारी दिए ।

जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद र ८ लाख १९ हजार जरिवाना यसअघि नै सुनाएको थियो । उनी फरार थिए । कैलाली– २ बाट प्रतिनिधिसभा सांसद बनेपछि उनले पुरानो सजाय भुक्तान नगरेको र फरार रहेको खुलेको थियो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पनि टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top