ट्रेण्डिङ

होमपेज / समाज

तराईका केही भागमा हुस्सु र कुहिरो

देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन

नेपालगाथा २०७९ माघ २० गते शुक्रबार ०७:२०:१४ मा प्रकाशित

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।

देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ। 

विभागले आज दिउँसो  प्रदेश– १ र गण्डकी  प्रदेशका भू–भागमा  आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

यस्तै भोलि शनिबार प्रदेश नं. १, गण्डकी  प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

तराईमा बिहान र बेलुकीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top