ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतका नयाँ प्रजिअ सापकाेटा र सञ्चारकर्मीबीच परिचयात्मक भेटघाट

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १३:५८:५७ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा प्रमुख जिल्ला अधिकारी बनेर आएका नारायणप्रसाद सापकोटा र सञ्चारकर्मी बीच बिहीबार परिचयात्मक कार्यक्रम भएको छ। जिल्ला प्रशासन कार्यालय र सञ्चारकर्मीबीच सुमधुर सम्बन्ध र सहकार्यका लागि सहयोग पुग्नुका साथै जिल्लामा भएका विभिन्न समस्याहरुको जानकारी प्राप्त गर्ने उदेश्यले परिचयात्मक कार्यक्रम राखिएकाे प्रजिअ सापकाेटाले बताए ।

प्रजिअ सापकाेटाले कुनै पनि सेवाग्राहीले सेवा लिँदा सहज रुपमा लिनुपर्ने, कर्मचारीबाट कुनै पनि लापर्वाही हुन नदिने र कानुनले दिन मिल्ने सबैखालका सूचना सार्वजनिक गर्ने समेत बताएका छन् ।

परिचयात्मक कार्यक्रममा सहायक प्रजिअ खगेन्द्रबहादुर मल्ल, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेललगायतका पत्रकारको उपस्थिति रहेको थियो । ३५ वर्ष सरकारी क्षेत्रमा काम गरेकाे अनुभव सुनाउँदै प्रजिअ सापकाेटाले याे भन्दा पहिले पर्वत जिल्लामा कार्यरत रहेको जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top