ट्रेण्डिङ

होमपेज / समाज

बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा

नेपालगाथा २०७९ माघ १८ गते बुधबार १५:०३:३४ मा प्रकाशित

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ ।

क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको एक बोर्ड सदस्यले जानकारी दिए। किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा पर्ने छैनन।

लामिछानेलाइ आफूलाई बलात्कार गरेको भन्दै नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top