ट्रेण्डिङ

होमपेज / समाज

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुट्दा फैलियो दुर्गन्ध

नेपालगाथा २०७९ माघ १८ गते बुधबार १२:४०:५७ मा प्रकाशित

काठमाडौँ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुट्दा सडकको आधा भाग ओगट्दा यस रूटमा चल्ने यातायातमा अवरोध सिर्जना समेत भएको छ ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारी साधन चालकहरूले सास्ती व्यहोर्नुपरेको छख । सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल नगरेको देख्न सकिन्छ। पूर्वी गेट वरपरका स्थानीय पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top