ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ३ गते

नेपालगाथा २०७९ माघ १८ गते बुधबार ०७:५४:५१ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम  विश्वविद्यालयले विधार्थीहरुको साझा सङ्गठन स्वतन्त्र विधार्थी युनियन (स्ववियु)को निर्वाचन मिति सार्वजनिक गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को माघ १० गते अनलाईन माध्यमद्वारा बसेको बैठकले चैत ३ गते स्ववियुको निर्वाचन गर्ने  निर्णय गरेको रजिस्ट्रार कार्यलयले प्रकाशित गरेकाे सूचनामा उल्लेख गरेको छ।

निकै लामो समयदेखि अवरुद्ध भएको स्ववियु चुनाव विश्वविद्यालयका १० वटा आगिंक क्याम्पस र अन्य मातहातका क्याम्पस र केन्द्रीय क्याम्पस गरी १३ वटा क्याम्पसमा उक्त निर्वाचन हुन लागेको हो।

नेपालकै जेठो क्याम्पस मानिने त्रिभुवन विश्वविद्यालयले पनि करिब १४ वर्षपछि चैत ५ गते उक्त स्ववियु निर्वाचन गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top