ट्रेण्डिङ

होमपेज / समाज

नेपाल भ्रष्टाचार सूचकांककाे ११०औँ स्थानमा

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार १३:२३:५९ मा प्रकाशित

काठमाडौँ  । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११० औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक सिपिआई  २०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ ।

यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ । 

भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अंक प्राप्त गरी ६५औँ स्थानमा रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top