ट्रेण्डिङ

होमपेज / समाज

विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

नेपालगाथा २०७९ माघ १६ गते सोमबार १६:३८:३१ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।  मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले  बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए ।

महानगरपालिकाले  बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए  । महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए  ।  मेयर नागेश कोइरालाले भने दुई महिनाको समय मागेका छन् ।

महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top