ट्रेण्डिङ

होमपेज / समाज

आत्मदाह गर्न लागेका युवकलाई जोगाउन गएकी संगिताले आफ्नै ज्यान गुमाइन्

नेपालगाथा २०७९ माघ १६ गते सोमबार १३:४८:२१ मा प्रकाशित

पाेखरा  । पाेखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी ​महिलाको मत्यु भएकाे छ । पाेखरा महानगरपालिका १३ काहुँखाेलास्थित घरमा आगो लगाई आत्महत्याकाे प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकाेटाकाे मृत्यु भएकाे हाे ।

उनकाे उपचारकाे क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ११ बजे मृत्यु भएकाे प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top