ट्रेण्डिङ

होमपेज / समाज

सहिदहरुको सम्मानमा प्रधानमन्त्रीद्वारा पुष्पगुच्छा अर्पण 

नेपालगाथा २०७९ माघ १६ गते सोमबार १०:५२:१४ मा प्रकाशित


काठमाडौँ ।  प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ । 

सहिद दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा  सम्मान  अर्पण गर्न पुगेका छन् । 
दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । सहिद स्मारकमा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सबै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्न पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top