होमपेज / समाज
जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।
आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका हुन।
उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।