होमपेज / समाज
काठमाडौं । भूकम्प आउने हल्ला फैलिएपछि जुम्लाका स्थानीय रातभर चिसोमा जाग्राम बसेका छन्।
हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि नागरिकहरू रातभर सडकमै आगो बालेर बसेका हुन्। केही दिन पहिले गएको भुकम्पबारे अनुमान लगाउँदै केही स्थानीयले भ्रम फैलाएपछि चिसोमा घरबाहिरै रात बिताएका हुन् । केही स्थानीय आगो बालेर बाहिरै बसेका छन्।
यस्तै मुगुमा पनि यो हल्ला फैलिएका कारण केही स्थानीयहरु रातभर सडकमै बसेका छन्। हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ।