ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे डोजर आतंकविरुद्ध काठमाडाैंमा प्रदर्शन

नेपालगाथा २०७९ माघ १५ गते आइतबार १५:०९:२६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे डोजर आतंकविरुद्ध काठमाडाैंमा प्रदर्शन भएकाे छ ।

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top