होमपेज / समाज
काठमाडौँ । रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले कानुन बामोजिम रविले नागरिकता प्राप्तिका लागि प्रक्रिया पुरा नगरेको निष्कर्ष निकाल्दै सांसद र उपप्रधानमन्त्री पदमा रहन नसक्ने फैसला गरेको थियो । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए ।