होमपेज / समाज
काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन्। स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने केही बेर अघि जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।
सर्वोच्च अदालतले शुक्रबार अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुन बमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए।