होमपेज / समाज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।