होमपेज / समाज
काठमाडौं । रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आइतबार नै प्रक्रिया थाल्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने बताए ।
सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उनी पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लागेका हुन् ।
अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाएका छन् ।
रवि नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । ढकाल रविकै नेतृत्वमा पार्टी अघि बढ्ने बताउँछन् ।