ट्रेण्डिङ

होमपेज / समाज

सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

नेपालगाथा २०७९ माघ १३ गते शुक्रबार १४:२८:०९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीहरूले माइतीघरदेखी नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । ‘आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि  भेटेपछि सुकुम्बासी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् । भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू–स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरणको माग राख्दै सुकुम्बासीहरू आन्दोलनरत छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top