ट्रेण्डिङ

होमपेज / समाज

सरकारले माग पुरा नगरेसम्म आचार्यको अन्तिम संस्कार नगर्ने

नेपालगाथा २०७९ माघ १३ गते शुक्रबार १२:११:५१ मा प्रकाशित

काठमाडौँ ।​ आत्मदाह गरी मृत्यु भएका प्रेम आचार्यको परिवारले माग पूरा नभएसम्म अन्तिम संस्कार नगर्ने भएका छन् । सरकारले परिवारको माग  सम्बोधन गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म टिचिङ अस्पतालबाट शव नउठाउने र अन्तिम संस्कार नगर्ने परिवारका सदस्यले शर्त राखेका छन् ।  

आचार्यका परिवारले आज १० बुँदे माग राखी गृहमन्त्री रवि लामीछानेलाई भेट्ने भएका छन् । उनीहरूले गृहमन्त्रीको कार्यालय सिंहदरबारमा साढे १२ बजे भेटी १० बुँदे माग राख्ने भएका हुन् ।

मागमा उनीहरूले आचार्यले उठाएको २५ बुँदे सुझावहरू मागहरू सम्बोधन हुनुपर्नेछ । आत्महत्या गर्न बाध्य बनाउनेलाई कानुनी कारबाही हुनुपर्ने मागसहित आचार्यको परिवारले गृहमन्त्री लामिछानेलाई भेट्ने भएका हुन् ।

आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि शरीरमा पेट्रोल खन्याइ आत्मदाह प्रयास गरेका थिए । तत्कालै उनको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्न लगिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top