होमपेज / समाज
काठमाडौं । आठ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै सौन्दर्य प्रतियोगिताकी सहभागीले सार्वजनिक गरेपछि पक्राउ परेका सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डे बाल यौन दुर्व्यवहार र मानव वेचखिनमा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो । पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो। यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
बाल यौन दुर्व्यवहारमा पाण्डेलाई ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ती तिर्नुपर्ने सजाय तोकिएको छ । त्यस्तै मानव बेचबिखनको सजाय निर्धारण भने माघ २३ गते हुनेछ । एक युवतीले आठ वर्ष अगाडि आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि बलात्कार मुद्दा दर्ताका लागि हदम्याद हटाउनुपर्ने बहससमेत सुरु भएको थियो ।