ट्रेण्डिङ

होमपेज / समाज

डीआईजी पोषराज पोखरेललाई प्रहरी प्रवक्ताको जिम्मेवारी

नेपालगाथा २०७९ माघ १० गते मंगलबार १२:५०:१९ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दिइएको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top