होमपेज / समाज
सुर्खेत । हिमाली जिल्लाहरूमा वर्षा सँगै हिमपात शुरु भएको छ । खासगरी कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भएको छ । सुर्खेत, दैलेख र कालिकोटका अग्ला भागमा हिमपात परेकाे छ भने केही स्थानमा राती वर्षा भएकाे छ ।
वर्षा भएपछि किसानहरू खुसी भएका छन् भने चिसाे ह्वात्तै बढेकाे छ । चिसोका कारण स्थानीयहरू घर बाहिर निस्किन सकेका छैनन् । बाक्लो हिउँका कारण आवतजावतमा समस्या देखिएकाे छ ।
