होमपेज / समाज
काठमाडौं । बाँकेकी निर्मला कुर्मीको हत्या भएको विषयमा छानबिन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएकी अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ ।
माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।
बाँकेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेस नेता बादशाह कुर्मीमाथि हत्याको आरोप अधकिारकर्मीहरूले लगाउँदै आएका छन् ।