ट्रेण्डिङ

होमपेज / समाज

नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको सभापतिमा पुनः आचार्य

नेपालगाथा २०७९ माघ ८ गते आइतबार २३:००:२९ मा प्रकाशित

सुर्खेत । नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको सभापतिमा रामलाल आचार्य फेरि अर्काे कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको रेडक्रसको ४२औं जिल्ला अधिवेशनले आचार्यलाई पुनः सभापतिमा र्निविरोध निर्वाचित गरेको हो ।

अधिवेशनले महिला उपसभापतिमा अमृता सापकोटा, खुला उपसभापति प्रदिप्त पौडेल, मन्त्री चेतनकुमार सुवेदी, कोषाध्यक्ष जितलाल ढकाललाई निर्वाचित गरेकाे छ । यसैगरी उपमन्त्री माधवप्रसाद ढकाल, उपकोषाध्यक्ष चन्द्रलाल आचार्य र महिला सदस्यमा शोभाकुमारी शर्मा, कौशिला गेलाङ, विनकला पौडेल निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा ओमप्रसाद ढकाल, नगेन्द्रप्रसाद न्यौपाने, तिलकराम अधिकारी, रामप्रसाद सापकोटा, कृष्णप्रसाद गौतम, बसन्तकुमार रेग्मी र उत्सव प्याकुरेललाई निर्वाचित भएका छन् ।

माघ ७ र ८ गते सम्पन्न अधिवेशनले सभापतिमा रामलाल आचार्य, मन्त्री चेतनकुमार सुवेदी, कोषाध्य जितलाल ढकाल र उपकोषाध्यक्ष चन्द्रलाल आचार्य र्निविरोध निर्वाचित भएका हुन् भने बाँकी पदहरुमा कडा प्रतिस्पर्धाका बीच लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका हुन् । अधिवेशनले आर्थिक तथा सांगठनिक प्रगति प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top