होमपेज / समाज
काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर र संरचनामाथि डोजर चलाएको छ । आइतबार डोजर लगाएर भत्काएको छ ।
त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ। यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए। आज आइतबार ठूलो संख्यामा सुरक्षाकर्मीसहित डोजर लगाएर धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गामा निर्मित घर भत्काइएको हो ।