ट्रेण्डिङ

होमपेज / समाज

धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या

नेपालगाथा २०७९ माघ ८ गते आइतबार १४:१४:५० मा प्रकाशित

जनकपुरधाम । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भारतको सीतामढीको बेला थानास्थित पर्सामा फेला परेको हो । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।

गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमवारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो । मृतकका परिवारले भारत पुगेर शव पहिचान गरेका छन् । उनीहरू दुवै एकै परिवारका हुन् । रोहित नातामा विष्णुको दाइ थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top