होमपेज / समाज
काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति शिशिर खनालबीच शुक्रबार काठमाडौंको सिंहदरबारस्थित मन्त्रालयकाे कार्यालयमा शिष्टाचार भेट भएकाे छ ।
उक्त भेटघाटमा नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति शिशिर खनाललाई उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले हार्दिक बधाई ज्ञापन गर्नुका साथै आगामी दिनहरूमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे छ ।