होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले अति विपन्न बालबालीकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) अन्तर्गत रहेको विद्यार्थी कल्याण परिषद मुसोम तथा मुसोमका विद्यार्थीहरुले अायाेजना गरेकाे कार्यक्रममा उपकुलपति प्रा.डा. सिंहले न्यानाे कपडा वितरण गर्नुभएकाे हाे ।

श्री सरस्वती आधारभुत विद्यालय, बांगेसीमल; श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, धारापानी र श्री दीपमाला आधारभुत विद्यालय, आँपडाली सुर्खेत गरी तिन वटा सरकारी विद्यालयहरुमा आधारभुत तहमा अध्ययनरत दलित तथा अति विपन्न बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरिएकाे हाे ।
मुसोममा अध्ययनरत विद्यार्थीहरुले केही दिन अगाडि म्यानेजमेन्ट कोर्स अन्तर्गत अतिरिक्त क्रियाकलाप स्वरुप वीरेन्द्रनगर, सुर्खेतका विभिन्न स्थानहरुमा चिया बेचेर संकलन गरेकाे रकमले उक्त न्यानो कपडाहरु किनेर वितरण गरेका हुन् ।

कार्यक्रममा मुसोमका डाइरेक्टर, वीरेन्द्रनगर नगरपालिका वार्ड नं. १ का अध्यक्ष, विश्वविद्यालयका प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, तिनवटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
