ट्रेण्डिङ

होमपेज / समाज

मृतकको सम्झनामा दीप प्रज्वलन

नेपालगाथा २०७९ माघ ४ गते बुधबार १४:५१:०३ मा प्रकाशित

सुर्खेत । गत हप्ता पोखरा विमानस्थल नजिकै यति एअरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका मृतकहरुको सम्झनामा देशका विभिन्न शहरहरुमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएका छन् । 
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह २ सुर्खेत र वीरेन्द्रनगर युथ नेटवर्क सुर्खेतको आयोजना तथा नवज्योति युवा सञ्जाल सुर्खेत र सभा नेपाल सुर्खेतको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको यरीचोकमा मंगलबार श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । 


माघ १ गते बिहान काठमाडौंबाट करिब साढे १० बजे पोखराका लागि उडेको यति एअरको जहाज करिब ११ बजेको आसपासमा पोखरा विमान स्थल नजिकै रहेको सेती नदीको खोंचमा दुर्घटना भएको थियो । 
सोही जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए । हालसम्म ७१ जनाको शव फेला परेको छ भने १ जनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top